इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – वैदेशिक रोजगार विभागले इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारका रूपमा छनौट भएकाहरूलाई पठाउन आवश्यक प्रक्रिया जारी रहेको जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै विभागले छनौट भएका श्रमिकहरूलाई लामो समयसम्म पठाउन नसकिएपछि वैकल्पिक उपायको खोजी गरी यथाशीघ्र पठाउने प्रक्रिया सुरु गर्न विभिन्न प्रयासहरू भइरहेको जनाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट समेत आवश्यक पहल भइरहेको भन्दै विभागले इजरायलको जनसङ्ख्या तथा अध्यागमन व्यूरो एवं अन्य सरोकारवाला निकायहरूको समेत उपस्थितिमा यथाशक्य चाँडो श्रमिक लैजाने प्रक्रिया सुरु गर्न प्रयास भइरहेको उल्लेख गरेको छ ।
नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदारको रूपमा छनौट भएका ११ सय ७५ जना श्रमिकमध्ये करार सम्झौता सम्पन्न भई २९७ जना इजरायल गइसकेका छन् । तर तर बाँकीको भने इजरायलको परराष्ट्र मन्त्रालय सम्बद्ध कर्मचारीहरूको श्रम विवादका कारण भिसा जारी भएको छैन ।
त्यहाँका कर्मचारीहरूको श्रम विवाद समाधान भए लगत्तै भिसा तथा सम्झौता पत्र जारी गर्ने भनिए पनि लामो समयसम्म प्रक्रिया सुरु हुन सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।