पोल्याण्डमा रोजगारीको प्रलोभन देखाएर २० लाख ठगी, विभागले गर्‍याे मुद्दा दायर

 असार ३, २०७९ शुक्रबार १६:५३:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  वैदेशिक रोजगार विभागले रोजगारीको लागि पोल्याण्ड पठाउँछु भन्दै २० लाख २० हजार रुपैयाँ ठगी गरेको पाइएपछि एक जना विरुद्ध वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको छ । 

पोल्याण्डमा कृषि काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने भनी २० लाख २० हजार रुपैयाँ ठगी गरेर नपठाएको पाइएपछि विभागले सप्तरी घर भई अहिले काठमाण्डौ सुकेधारा बस्ने पूर्ण कुमार दाहाल विरुद्ध न्यायाधिकरणमा मुद्दा दायर गरेको हो । 

पूर्ण कुमारले दोलखाकी सरिता भुजेललाई जम्मा खर्च २१ लाख लाग्ने र पोल्याण्डमा कृषिको काममा मासिक झण्डै १ लाख ८० हजार रुपैयाँ तलब हुने कागजसमेत गरेका थिए ।

तर २० लाख २० हजार रुपैयाँ रकम लिएपछि नपठाएको र लिएको रकमसमेत फिर्ता नगरेपछि पीडित सरिताले वैदेशिक रोजगार विभागमा उजुरी दिनुभएको थियो ।

विभागले वैदेशिक रोजगार ऐन २०६४ को दफा १० र दफा ४३ विपरीतको कसुर गरेको भन्दै पूर्ण कुमारलाई लिएको रकम २० लाख २० हजार र त्यसको ५० प्रतिशतले हुने आउने हर्जना रकम १० लाख १० हजारसमेत गरी ३० लाख ३० हजार मागदावीसहित वैदेशिक रोजगार न्यायाधिकरणमा मुद्दा दायर गरेको हो ।  

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया