इन्डो–नेपाल भलिबलमा एपीएफले गलकाेटलाई हरायाे
पुस १९, २०८१ शुक्रबार
काठमाण्डौ – घरेलु कामदारको रुपमा वैदेशिक रोजगारीमा जानेमध्ये अधिकांश नेपाली महिला अवैधानिक बाटोबाट गएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
वैदेशिक रोजगारीमा जाने घरेलु महिला कामदारको विषयमा सरोकारवालाहरुसँग छलफल तथा अन्तरक्रिया कार्यक्रममा मन्त्रालयका सहसचिव राजिव पोखरेलले यसबारे जानकारी दिनुभएको हो । ८० देखि ९० प्रतिशत घरेलु महिला कामदार अवैधानिक बाटोबाट गएको उहाँले बताउनुभयो । यस्तै घरेलु कामदारमा गएका महिलाहरुको एकीन तथ्याँक सरकारसँग नभए पनि खाडी देशमा ३ देखि ४ लाखको बीचमा घरेलु महिला कामदार रहेको पनि उहाँको भनाइ छ ।
आज दिउँसो भएको कार्यक्रमा सरोकारवाला विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले घरेलु कामदारको समस्यालाई समाधान गर्न अन्तरमन्त्रालयबीच गहिरो समन्वय हुनुपर्ने बताउनुभयो । परराष्ट्र मन्त्रालयले यसमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने उहाँको भनाइ थियो ।
यस्तै आप्रवासी महिला कामदार समूह आमकासकी अध्यक्ष विजया राई श्रेष्ठले घरेलु महिला कामदारको लागि शैक्षिक योग्यता तोक्न नहुने बताउनुभयो । शैक्षिक योग्यताको मापदण्डले गन्तव्य देशको भाषा जानेको, सबै कुरा राम्रोसँग बुझेका महिलाहरुलाई शैक्षिक योग्यताले रोक्न नमिल्ने उहाँको भनाइ थियो ।
यस्तै आप्रवासी महिला कामदारकै हकहितमा संलग्न संस्था पौरखी नेपालकी रणनीतिक सहल्लाहकार मञ्जू गुरुङले घरेलु महिला कामदारको मूल्यांकन तथा सम्मान नभएको र यौन हिंसाका दृष्टिकोणले हेरिने गरेको भन्दै यसलाई सम्मानजनक र सुरक्षित बनाउनुपर्ने बताउनुभयो । यस्तै कार्यक्रममा वैदेशिक रोजगारीसँग आबद्ध विभिन्न संस्थाका प्रतिनिधिहरुले आ आफ्नो धारणा पेस गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।