‘श्रीलङ्काले आफ्नो अवस्था जनतालाई नभन्दा आर्थिक सङ्कट बेहोर्‍यो, नेपालले बेलैमा थाहा दिनुपर्छ’

 असार ८, २०७९ बुधबार १५:३१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सरकारले ऊर्जाको व्यवस्थापनमा चासो नदिए देश भयावह अवस्थामा पुग्ने चेतावनी दिनुभएको छ । 

आज बुधवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले विश्वभर नै इन्धनको मूल्य बढिरहेको र विकसित देश पनि त्यसको चपेटामा परेकोले तत्काल ऊर्जा व्यवस्थापनमा गम्भीर नबने देश आर्थिक रूपमा पनि ठूलो समस्यामा फस्ने दाबी गर्नुभएको होे । उहाँले श्रीलङ्काले आफ्नो अवस्थाबारे जनतालाई जानकारी नगराएका कारण आर्थिक सङ्कट बेहोर्नुपरेको भन्दै नेपालले पनि बेलैमा देशको आर्थिक अवस्थाबारे जनतालाई सुसूचित बनाउनुपर्ने बताउनुभयो । 

कार्यकारी निर्देशक थानीले अहिलेको विद्युत् महसुल तिरेर कसैले इन्डक्शन चुल्हो नबाल्ने भन्दै भएको महसुललाई घटाएर सरकारले नागरिकलाई विद्युतीय सामग्रीको प्रयोगमा प्रोत्साहन दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नेपाल आयल निगमले नेपाल सरकारलाई गएको चैत १३ गते १० बुँदे सुझाव दिएको थियो । त्यहाँ हप्तामा शनिवार, आइतवार बिदा गर्नुस्, गाडीमा जोर–बिजोर प्रणाली लागू गर्नुस् भनेका थियौँ । चैतमा ३५ हजार मेट्रिक टन एलपी ग्यास आयात भएको छ । वैशाखमा ४५ हजार छ, जेठमा ४८ हजार छ, एलपी ग्यासको खपत बढिरहेको छ । डरलाग्दो अवस्था छ । नेपाल आयल निगमले प्रतिसिलिन्डर सात सय ५१ रुपैयाँ घाटा खाएर बेचिरहेको छ । ऊर्जा व्यवस्थापन राम्रोसँग गरौँ । देशको अवस्था भयावह छ । यो आर्थिक अवस्थाको बारेमा पनि सोच्नुपर्नेछ । ऊर्जा व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’

कार्यकारी निर्देशक थानीले देशको अर्थतन्त्रको विषयमा गम्भीर भएर सोच्नुपर्ने बेला आएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । समितिको बैठकमा सांसदहरूले विद्युतीय ऊर्जालाई प्रोत्साहन गर्न सरकारले विद्युतको महसुल कम गर्न आवश्यक रहेको बताएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया