टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
ललितपुर – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठनबन्धनका कारण चुनाव जितिन्छ भनेर ढुक्कले बस्दा पालिका चुनावमा तेस्राे हुनुपरेको बताउनुभएको छ ।
जनप्रतिनिधिका लागि ललितपुरमा आज बिहीवार भएको प्रशिक्षण कार्यक्रममा प्रचण्डले गठबन्धन भएपछि जितिन्छ भनेर नेता/कार्यकर्ताले मेहनत नगर्दा तेस्रो स्थानमा खुम्चिनुपरेको बताउनुभएको हो । ‘गठबन्धन भइहाल्छ भनेर रिल्याक्स गर्दा पनि धेरै स्थानीय तहमा चुनाव हारियो, पहिले जितेकामध्ये ५० प्रतिशत पालिका गुमाएका छौँ, अब हुने चुनावमा त्यस्तो गल्ती गर्न हुँदैन’, प्रचण्डले भन्नुभयो ।
उहाँले आउँदो प्रदेश र सङ्घको चुनावमा कम्युनिस्ट पार्टीभित्रको पहिलो शक्ति हुने दाबी गर्दै नेता/कार्यकर्तालाई अहिलेदेखि नै चुनावको तयारीमा लाग्न निर्देशन दिनुभयो । नागरिकको घरदैलामा गएर अहिलेसम्मका उपलब्धि माओवादीकै कारण आएको बुझाउन निर्देशन दिँदै प्रचण्डले प्रचारप्रसार र सङ्गठन सृदृढीकरणमा लाग्न आग्रह गर्नुभयो ।
उहाँले पालिका चुनावमा हार्नुकाे कारण लोकप्रिय उम्मेदवार नहुनु बताउँदै अब भने सही उम्मेदवार चयन गरेर सङ्घ र प्रदेशको चुनावमा जानुपर्ने बताउनुभयाे ।
अध्यक्ष प्रचण्डले राजनीतिको चाबी माओवादीकै हातमा रहेको जिकिर गर्दै माओवादीको सहयोगविना कुनै पनि दलले सत्ता र शक्ति प्राप्त गर्न नसक्ने दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।