ओरालो यात्रामा रहेको नेप्से ४५ अङ्कले घट्यो, बेच्नेको लहरका कारण कारोबार रकम बढ्यो

 असार ९, २०७९ बिहीबार १५:२५:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बिहीवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४५ दशमलव २५ अङ्कले घटेर एक हजार आठ सय ४८ दशमलव २८ विन्दुमा झरेको छ । 

सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत्, बीमा, उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बेच्नेहरूको लहरका कारण कारोबार रकम भने बढेको छ । दुई सय ३७ वटा कम्पनीकाे ५० लाख आठ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ९७ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै कुमारी बैंकको नाै करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज शिवश्री हाइड्रो र लिबर्टी इनर्जीको शेयर साढे नाै प्रतिशतले तथा जोशी हाइड्रो र साम्लिङ पावर कम्पनीको शेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेर राताम्मे भए पनि आँधीखोला र सीवाईसी नेपाल लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया