नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – पछिल्लो समय निरन्तर ओह्रालाे लागिरहेको शेयर बजारमा आज भने केही सुधार भएको छ । आज शेयर बजार परिसूचक नेप्से १३ दशमलव ७८ अङ्कले बढेर एक हजार आठ सय ६२ दशमलव ०६ बिन्दुमा पुगेको छ ।
आज म्युचल फण्ड बाहेक सबै समूहको शेयर बढेकोमा बिमा र विकास बैंक समूहको शेयर उच्च अङ्कले बढेको छ । आज दुई सय २३ वटा कम्पनीका ३५ लाख ४१ हजार कित्ता शेयर एक अर्ब १५ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै कुमारी बैंकको आठ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो । न्यादी जलविद्युत आयोजनाको शेयर १० प्रतिशतले बढेको छ । बजार बढे पनि आधिखोला लघुबित्त बित्तीय संस्थाको शेयर सात प्रतिशत भन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।