भरतपुर महानगरपालिकाले ल्यायो ५ अर्ब ७४ करोडको बजेट

 असार १०, २०७९ शुक्रबार १५:५८:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भरतपुर महानगरपालिकाले आउँदो आर्थिक वर्ष २०७९/८० का लागि ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजारको बजेट ल्याएको छ ।

उप–प्रमुख चित्रसेन अधिकारीले प्रस्तुत गरेको बजेटमा आन्तरिक आयतर्फ १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेशको राजस्व बाँडफाँडबाट ५३ करोड ३१ लाख २७ हजार प्राप्त हुने अनुमान गरिएको छ ।

बजेटमा जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मत सम्भार कोषबाट ४ करोड सडक बोर्ड नेपालबाट ३ करोड तथा जिल्ला समन्वय समितिबाट ५ करोड आउने अनुमान गरिएको छ ।

त्यस्तै निर्माण सम्पन्न हुन नसकेका आयोजनाहरुका लागि १ अर्ब ३० करोड रकम छुट्याइएको छ, भने महानगरका २९ वटै वडालाई २ करोड ५० लाखका दरले ७२ करोड ५० लाख रकम विनियोजन गरिएको छ ।

ठूला तथा रणनीतिक महत्वको पूर्वाधार निर्माणका लागि ६ करोड, ढल, सार्वजनिक शौचालय, ओभरहेड ब्रिज लगायतका पूर्वाधारका लागि २८ करोड, कृषि तथा पशु विकासका लागि १५ करोड ५० लाख रकम छुट्याइएको छ ।

यसै गरी शिक्षामा १३ करोड, स्वास्थ्यमा ७ करोड, मर्मत सम्भारका लागि ८ करोड तथा खानेपानी बोर्डलाई महिनाको ७ हजार लिटर खानेपानी निशुल्क उपलब्ध गराए वापत ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

त्यस्तै फोहोरमैला व्यवस्थापन तथा पार्कका लागि ७ करोड, सूचना प्रविधि तथा डिजिटल प्रणालीको लागि ३ करोड, रोजगार प्रबद्र्धनका लागि २ करोड ५० लाख, उद्योग तथा पर्यटनका लागि २ करोड ५० लाख, खेलकुदका लागि २ करोड छुट्याइएको छ ।

यसै गरी छोरी बीमा कार्यक्रमका लागि २ करोड, नागरिक विश्रामस्थलका लागि २ करोड, विपद् व्यवस्थापनका लागि २ करोड ४५ लाख ५२ हजार, करदाताको अभिलेख डिजिटलाइज्ड गर्न १ करोड तथा नागरिक सहायता केन्द्र सञ्चालन गर्न १ करोड रुपैयाँ छ्ट्याइएको छ ।

यस्तै दीगो पूर्वाधार विकासका लागि ५० लख, प्रशासनिक खर्चका लागि ७५ करोड तथा लक्षित वर्ग कार्यक्रमका लागि ५० लाख रकम विनियोजन गरिएको छ । 


 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया