चीनको ग्वाङ्सीमा भारी वर्षा : बाढीबाट झन्डै ३८ लाख नागरिक प्रभावित

 असार १२, २०७९ आइतबार ७:११:३३ | एजेन्सी
unn.prixa.net

चीनको दक्षिणी क्षेत्र ग्वाङ्सी झुआङमा मुसलधारे वर्षासँगै आएको बाढीका कारण झन्डै ३८ लाख नागरिक प्रभावित भएका छन् । त्यहाँ ३७ लाख ५० हजारभन्दा धेरै बासिन्दा प्रभावित भएका स्थानीय अधिकारीलाई उद्धृत गरी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ग्वाङ्सीले यस वर्षको वर्षा ऋतुको सामना गरिरहेको छ । त्यहाँ पटक–पटक भारी वर्षा हुँदै आएको छ । औसत वर्षा ४९० दशमलव ८ मिलिमिटरमा रेकर्ड गरिएको छ । यो अघिल्लो वर्षको तुलनामा १ दशमलव ६ गुणा बढी वर्षा भएको हो ।

बाढी/पहिरो र वर्षाका कारण आएको विपत्तीले ३ हजार ४ सय ३६ घरहरू डुबानमा परेका छन् । १ लाख ५९ हजार ३ सय हेक्टर कृषियोग्य जमिनमा क्षति पुगेको अनुमान छ । बाढी नियन्त्रण राहत केन्द्रीय कार्यालयका अनुसार ग्वाङ्सीमा यस वर्ष अझै धेरै भारी वर्षा र आँधी आउनसक्ने पूर्वानुमान गरिएको छ।

अन्तिम अपडेट: पुस १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया