उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ । वर्षाका कारण खेललाई १२ ओभरमा छोट्याइएकाे थियो ।
आयरल्यान्डले १२ ओभरमा ४ विकेट गुमाएर १ सय ८ रन बनायो । १ सय ९ रनको लक्ष्य पछ्याएको भारतले ९ ओभर २ बलमा ३ विकेट गुमाएर १ सय ११ रन बनायो । भारतका लागि दीपक होडाले सर्वाधिक ४७ रन बनाए भने इशान किशनले २६, कप्तान हार्दिक पाण्डेयले २४ र दिनेश कार्तिकले ५ रन जोडे ।
आयरल्यान्डका लागि करिज यङ्गले २ तथा जोश लिटलले एक विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको आयरल्यान्डका लागि ह्यारी टेक्टरले ६४ रनको अर्धशतकीय पारी खेले पनि टिमलाई जिताउन सकेनन् ।
आयरल्यान्डका लोर्कन टुकरले १८, ग्रेथ डेल्नीले ८ तथा पल स्टर्लिङ र जर्ज डकरेलले ४/४ रन जोडे । भारतका हार्दिक पाण्डेय, भुवनेश्वर कुमार, आभास खान र युजभेन्द्र चहालले एक/एक विकेट लिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।