हज यात्रामा बालबालिकालाई लैजान प्रतिबन्ध, भारतसहित १४ वटा दे...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - गर्मी र झरीको यो बेला हैजा, झाडापखाला लगायतका अरु सरुवा रोगको जोखिम भएकाले सावधानी अपनाउन डाक्टरले आग्रह गरेका छन् ।
काठमाण्डौ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले सचेत हुन उनीहरुको आग्रह छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दासका अनुसार स्वास्थ्य सावधानीमा लापरबाही गरेकै कारण हैजा फैलिएको हो ।
अहिले हैजासँगै टाइफाइड, जन्डिस, कोरोना, डेङ्गी लगायत सरुवा रोगको पनि जोखिम हुने भएकाले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्य्राइँ नगर्न उहाँको आग्रह छ । पछिल्लोपटक भारतमा कोरोना सङ्क्रमण बढेपछि नेपालमा पनि सङ्क्रमणदर बढेको छ । यस्तै काठमाण्डौमा हैजाका बिरामी बढेका छन् ।
पछिल्लो पटक पाटन र नैकापमा पनि हैजाका बिरामी भेटिएसँगै काठमाण्डौ उपत्यकामा फरक–फरक नौ ठाउँमा गरी १० जना हैजाका बिरामी भेटिएका छन् । यसअघि बागबजार, डिल्लीबजार, थानकोट, बालाजु, बल्खु, कपन र सानेपामा हैजाका बिरामी भेटिएका थिए ।
फरक–फरक ठाउँबाट हैजाका बिरामी भेटिएपछि काठमाण्डौ उपत्यकामा हैजा फैलिएको हुन सक्ने आशङ्कामा बिरामीको खोजी, पानी परीक्षण लगायतका कामलाई तीव्रता दिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता सङ्गीता कौशल मिश्राले बताउनुभयो ।
हैजाबाट बच्ने तथा रोकथामका उपायहरुबारेमा माइकिङ गर्ने लगायतका काम भइरहेको पनि उहाँले बताउनुभयो । उहाँले केही पटक पखाला लाग्नसाथ स्वास्थ्य संस्थामा जान पनि अनुरोध गर्नुभयो ।
हैजा खानपानका माध्यमबाट सर्ने भएकोले पानी उमालेर मात्रै पिउन, सकेसम्म घरबाहिर गएर नखान, सरसफाइमा ख्याल गर्न र घरमा कसैलाई हैजाको लक्षण देखिएमा परिवारका अरु सदस्य पनि सचेत भएर बिरामीलाई अस्पताल लगिहाल्न डाक्टरको सल्लाह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।