रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – हिजो आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज साेमवार भने दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नाै सय ३३ दशमलव १३ विन्दुमा झरेको छ ।
आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ । दुई सय २९ वटा कम्पनीकाे ५६ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब चार करोड ४८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर नाै प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।