‘नेपालले आफूलाई चाहिने खाद्यान्न आफैँ उत्पादन गर्न सक्नुपर्छ’

 असार १४, २०७९ मंगलबार १३:५६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति पूर्णकुमारी सुवेदीले सरकारले कृषिलाई मुख्य प्राथमिकतामा राखेर विकास नगरे देश कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको छ । 

सोमवार काठमाण्डौमा आयोजित धानमा आत्मनिर्भर नीति संवाद कार्यक्रममा बोल्दै सभापति सुवेदीले सरकारले कृषिलाई प्राथमिकतामा राखेर कृषिको विकास नगरे देश कृषिमा आत्मनिर्भर बन्न नसक्ने बताउनुभएको हो । उहाँले देशलाई कृषिमा आत्मनिर्भर बनाएर विदेशमा निर्यात गर्न नसके पनि आयातलाई प्रतिस्थापन गर्न सक्नुपर्ने बताउनुभयो । 

नेपाललाई आवश्यक खाद्यान्नको यकिन गरी त्यहीअनुसारको उत्पादन आफैँ गर्न सक्नुपर्ने सभापति सुवेदीको भनाइ छ । उहाँले नेपालमा चलिरहेको टुक्रे र परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी व्यावसायिक बनाउनुपर्ने आवश्यकता भएको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘कृषिलाई प्राथमिकतामा नराखी, कृषिको विकास नगरि हामी कृषिमा आत्मनिर्भर हुन सक्दैनौँ । पहिला हामीले आवश्यक खाद्यान्न उत्पादन गर्न सक्नुपर्छ । त्यसपछि निर्यात गर्ने हो । अहिलेसम्म हाम्रो टुक्रे र परम्परावादी उत्पादन प्रणाली छ । त्यसलाई हामीले आधुनिकीकरण गर्नुपर्छ । जमिनलाई चक्लाबन्दी गरेपछि मात्रै यसलाई व्यवसायीकरण गर्न सकिन्छ । आवश्यक सिँचाइ, उन्नत जातको बिउ र आवश्यक मल दिन सक्यौँ भने नेपालीलाई खान पुग्ने धान उत्पादन गर्न समस्या छैन ।’

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले राष्ट्रिय उत्पादनलाई बढाउनु नै अहिलको आवश्यकता भएको बताउनुभयो । उहाँले धानको उत्पादन बढाउनका लागि परम्परागत धानको जात परिर्वतन गरी हाइब्रिड बिउमा जानुपर्ने बताउनुभयो । सरकारले बर्खे धानभन्दा पनि चैते धानको उत्पादन बढाउनका लागि प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । 

सचिव शर्माले पहाडी क्षेत्रमा खाद्यान्न उत्पादन वृद्धि गर्नका लागि सरकारले बाँझो जमिन र युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले सरकारले नीति नै बनाएर कृषियोग्य जमिनलाई गैरकृषि प्रयोजन गर्न दिन नहुने धारणा राख्नुभयो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Toshal Kumar Dahal

    June 28, 2022, 3:12 p.m.

    यसता कुराहरु हामीले 2046 सालपछी सेमिनार गाेस्ठी भाषण दिवस जस्ता कार्यक्रममा प्रसस्तै सुन्दै अाएका छौं / तर याे neeti कार्यन्वयनमा ल्याउन कस्ले राेकेकाे छ नेपालका सरकारहरुलाइ मलाइ बुझ्न मन छ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया