नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – लगातार दुई दिनसम्म दोहोरो अङ्कले घटेको शेयर बजार आज बुधवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ३९ अङ्कले बढेर एक हजार नाै सय ६२ दशमलव ७१ विन्दुमा पुगेको छ ।
सबै समूहको शेयर बढेकोमा व्यापार, जलविद्युत्, विकास बैंक, उत्पादन बीमा र लघुवित्त समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । दुई सय २८ वटा कम्पनीकाे ४३ लाख ८६ हजार कित्ता शेयर एक अर्ब ४३ करोड १४ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै ङादी ग्रुप पावर कम्पनी र एसियन लाइफ इन्सुरेन्स कम्पनीको पाँच करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।
आज आँधीखोला र सीवाईसी नेपाल लघुवित्तको शेयर १० प्रतिशतले तथा वरुण हाइड्रोको शेयर साढे नाै प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि मैलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै दुई प्रतिशतले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।