नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
बेलायतले हङकङ चीनलाई पुनः हस्तान्तरण गरेको २५ वर्ष पूरा भएको छ ।
चिनियाँ राष्ट्रपति सी जीन पिङ हङकङ पुग्नुभएको छ । सन् २०२० मा कोरोना भाइरसको महामारी फैलिएपछि चीन बाहिर यो उहाँको पहिलो यात्रा हो । उहाँ तीव्र गतिको रेलमार्फत हङकङ पुग्नुभएको हो । सीलाई हङकङका निवर्तमान प्रमुख कार्यकारी अधिकारी क्यारी लामले स्वागत गर्नुभएको छ ।
यो अवसरमा चिनियाँ राष्ट्रपति सी जीन पिङले शेन्जेन सहरको भ्रमण समेत गर्नुभएको छ । आज सार्वजनिक बिदा दिइएको छ भने सहरभरि विभिन्न कार्यक्रमको आयोजना गरिएको बीबीसीले जनाएको छ ।
वर्षगाँठ विशेष समारोहमा त्यहाँ विरोध प्रदर्शन हुने गर्थ्याे तर सन् २०२० मा सुरक्षा कानुन लागू भएदेखि असहमति जनाउने प्रदर्शनकारीहरू मौन छन् । हङकङ सन् १९९७ मा ९९ वर्षपछि बेलायतले चीनलाई फिर्ता गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।