एक वर्षमै एक सय ९० वटाभन्दा धेरै युक्रेनी गाउँ रुसको कब्जामा
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले महिलाहरूलाई घरेलु कामको लागि विदेश पठाउने विषयमा सम्बन्धित विभिन्न निकायसँग समन्वय गरेर आवश्यक पहल गर्ने बताउनुभएको छ ।
घरेलु काममा विभिन्न माध्यमबाट गैर कानुनी माध्यमबाट जाने महिलाहरूले समस्या भोग्न परेको गुनासो आएको भन्दै मन्त्री कुँवरले आफूले महिलालाई सुरक्षाको प्रत्याभूत हुने गरी खाडीका देशमा घरेलु काममा पठाउन पहल गर्ने बताउनुभएको हो ।
बिहीबार मन्त्रालयमा अखिल नेपाल महिला सङ्घ (समाजवादी) को बधाई तथा शुभकामना दिन पुगेको टोलीसँग छलफल गर्दै मन्त्री कुँवरले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या नहोस् भनेर विभिन्न पक्षसँग छलफल गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयो ।
‘हामीले महिलाहरूलाई विदेश पठाउनै पर्ने भए महिला मन्त्रालय, विभिन्न समूह, सञ्जाल र पार्टीका महिला भातृ सङ्गठनसँग समेत आवश्यक छलफल गरी पहल गरिने छ’ मन्त्री कुँवरले भन्नुभयो ‘त्यसो गरेन भने समाजवादीको मन्त्री आए महिलालाई विदेश पठाएर झन् समस्या भयो भन्ने गुनासो आउन सक्छ ।’
बधाई तथा शुभकामना दिँदै अनेमसंघ समाजवादीका अध्यक्ष जयन्ती राईले वैदेशिक रोजगारीमा गएका महिलाका समस्या र जान भइरहेका झन्झटिला प्रक्रियाका बारेमा मन्त्री कुँवरलाई जानकारी गराउनुभएको थियो ।
श्रम मन्त्री कुँवरले महिलाले भोगेका समस्या समाधानका लागि सबैको साथ सहयोग र सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै यस्ता समस्या मन्त्री एक्लैले गरेर समाधान नहुने भएकाले सबै सरोकारवाला निकायको साथ र सहयोगको अपेक्षा गरिएको पनि बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Raj Kumar Shrestha
July 2, 2022, 4:06 a.m.It is Mendatory