शेयर बजार झन्डै ९ अङ्कले घट्याे

 असार १७, २०७९ शुक्रबार १३:३३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज शुक्रवार झन्डै नाै अङ्कले घटेकाे छ । काराेबार हुने अन्तिम दिन शुक्रवार शेयर बजार परिसूचक नेप्से आठ दशमलव ८७ अङ्कले घटेर दुई हजार २८ दशमलव ७७ विन्दुमा झरेको छ । 

आज दुई सय २१ वटा कम्पनीकाे ३६ लाख ६३ हजार कित्ता शेयर एक अर्ब ४५ करोड ९३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको पाँच करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भयो । 

आज स्ट्यान्डर्ड चार्टर बैंक र युनाइटेट इन्सुरेन्स कम्पनीको शेयर चार प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि आँधीखोला लघुवित्त वित्तीय संस्था र सीवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया