अष्ट्रेलियाकी पौडी खेलाडी एम्मा म्याकेनद्वारा सन्न्यासको घोषणा
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै – भारतसँगको पाँचौँ तथा अन्तिम टेस्टमा इङ्ल्यान्डले पहिला बलिङ गर्दैछ । बर्मिङघममा टस जितेर इङ्ल्यान्डले बलिङ रोजेको हो ।
भारतको कप्तानी जसप्रित बुमराहले गर्दैछन् । योसँगै कप्तानीमा बुमराहको डेब्यु हुनेछ । नियमित कप्तान रोहित शर्मालाई कोरोना सङ्क्रमण देखिएपछि तीव्र गतिका बलरले टिमको नेतृत्व गर्न लागेका हुन् । ३५ वर्षपछि पहिलाे पटक भारतीय टिमकाे नेतृत्व तीव्र गतिका बलरले गर्न लागेकाे हुन् । यसअघि सन् सन् १९८७ मा कपिल देवले भारतीय टिमको नेतृत्व गरेका थिए ।
पाँच खेलकाे शृङ्खलामा भारत दुई–एकले अघि छ ।
गएको वर्ष इङ्ल्यान्ड र भारतबीचको टेस्ट शृङ्खला भइरहेको बेला भारतीय टोलीका सदस्यमा कोरोना सङ्क्रमण देखिएपछि स्थगित भएकोले त्यति बेला बाँकी रहेको एक खेल खेल्न भारत इङ्ल्यान्ड भ्रमणमा रहेको छ । भ्रमणकै क्रममा तीन खेलको टी–२० र तीन खेलको एकदिवसीय शृङ्खला पनि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।