न्यायपालिकामा समस्या छ तर कामै गर्न सक्दैन भन्ने हाेइन : कामु प्रधानन्यायाधीश

 असार १७, २०७९ शुक्रबार १६:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिकाको शुद्धीकरण गरेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । 

आज शुक्रवार काठमाण्डौमा आयोजित नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा बोल्दै कामु प्रधानन्यायाधीश कार्कीले न्यायपालिकामा समस्या रहेको तर यसलाई शुद्धीकरण गरेर अघि बढ्नुपर्ने बताउनुभउको हो । उहाँले न्यायपालिकामा पूर्ण समस्या छ र न्यायपालिकाले कामै गर्न सक्दैन भन्ने कुरामा सत्यता नरहेको दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘न्यायपालिकामा केही समस्या देखिएका छन् । समस्या पहिला पनि थिए र अहिले पनि आएका छन् । हामी सुधारका लागि अघि बढिरहेका छौँ । न्यायपालिकामा पूर्ण समस्या छ, काम गर्न सक्दैन भन्ने कुरा चाहिँ होइन । सम्बोधन हुन्छ । हामी सबै सुधारका लागि कटिबद्ध हुनुपर्छ ।’

कामु प्रधानन्यायाधीश कार्कीले छुट्टै कानुन विश्वविद्यालयको आवश्यकता रहेको भन्दै त्यसमा सर्वोच्चबाट विशेष पहल गर्ने प्रतिबद्धता जनाउनुभयो । न्यायपालिकामा विकृति र विसङ्गति आउन नदिन पाठ्यक्रममा पनि नैतिकताका विषयहरू समावेश गर्न आवश्यक रहेको उहाँकाे भनाइ छ । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया