आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदै : कोपोमिसमा आबद्ध नभए तीन लाख जरिबाना

 असार १८, २०७९ शनिबार ८:२३:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइँदैछ । सन् १९२३ देखि अन्तर्राष्ट्रिय सहकारी सङ्गठनमार्फत विश्वभर सहकारी दिवस मनाउन थालिएको हो ।

यस वर्ष ‘सहकारीले अझ राम्रो विश्व निर्माण गर्छ’ भन्ने नाराका साथ विश्व सहकारी दिवस मनाउन लागिएको छ।

नेपालसहित विभिन्न देशमा जुलाईको पहिलो शनिवार अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिन्छ ।

दक्षिण एसियाली देशहरु नेपाल, बङ्लादेश, भारत र पाकिस्तानमा सहकारीको प्रभाव बढी छ । नेपालको पहिलो सहकारी बखान २०१३ चैत २० गते स्थापना भएको थियो । त्यसै दिनको सम्झनामा हरेक चैत २० गते राष्ट्रिय सहकारी दिवस समेत मनाउने गरिएको छ ।

स–साना व्यवसायीदेखि ठूला उद्याेपतिसम्म बचत अनि लगानीको जोखिम घटाउन निश्चित रकम जम्मा गर्ने या थोरै किस्ता नियमित तिरेर ठूलो रकम सापट लिने दिने गरिन्छ । सहकारीको उद्देश्य बचत, सापट र जोखिम न्यूनीकरणका लागि बीमा हो ।

यसैबीच अबदेखि सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना  प्रणाली  (कोपोमिस) मा  सूचना  प्रविष्ट  नगर्ने  सहकारी संस्थालाई तीन लाख रुपैयाँसम्म जरिबाना हुने भएको छ । सहकारी ऐन–२०७४ मा कोपोमिसमा सूचना प्रविष्ट नगर्ने सहकारीलाई तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने व्यवस्था छ ।

अहिलेसम्म १५ हजार सहकारी संस्थाले कोपोमिसको पासवर्ड लगे पनि नौ हजारले मात्रै विवरण प्रविष्ट गर्ने गरेको नेपाल सहकारी विभागले जनाएको छ ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया