खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - जब बेलुकी हुँदै जान्छ, काठमाण्डाैका उपत्यकाका आकाश रङ्गिन बन्न थाल्छन्। नीलो आकाशमा रातो अनि पहेलो रङ्ग भरिन्छ । आजभोलि सूर्यास्तसँगै काठमाण्डाैका गोधूलि साँझहरु रङ्गिन देखिन्छन् ।
सूर्योदय र सूर्यास्त हेर्न नगरकोट र सराङकोट धाउने काठमाण्डाै उपत्यकावासीले फुर्सद निकालेर घरकै कौसीमा बसेर गाेधूलि साँझकाे भरपुर आनन्द लिन सकिन्छ । हल्का बादल भएको बेला दक्षिणी क्षितिज पहेँलो अनि रातो हुन्छ । बादल फाटेको साँझ सूर्यास्त हेर्न रमाइलो हुन्छ ।
पछिल्लो समय निरन्तरको झरीकाे कारण प्रदूषण हटेको छ । सहरका अग्ला भूभाग भक्तपुर, कपनजस्ता ठाउँबाट बेलुकीको सूर्यास्त हेर्न सकिन्छ । दिउँसोको उज्यालो छँदै छ तर बेलुकाको गोधूलि उज्यालोमा पनि काठमाण्डौ उपत्यका त्यत्तिकै सुन्दर देखिन्छ ।
तस्बिर : न्यूज एजेन्सी नेपाल
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Shyam Adhikari
July 2, 2022, 10:45 p.m.How beautiful view 😍😍 our Kathmandu