वामदेव गाैतमलाई निष्कासन गर्ने ५ जना साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाइए

 असार १९, २०७९ आइतबार १८:२३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एकता राष्ट्रिय अभियानले संयोजक वामदेव गौतमलाई निष्कासन गर्ने पाँच जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटाएकाे छ ।

गौतमको अध्यक्षतामा आज आइतवार बसेको सचिवालय बैठकले युवराज सफल, कृष्णगोपाल बञ्जारा, नीलकण्ठ पौडेल, मीननाथ देवकोटा र तेजबहादुर कार्कीलाई पार्टीबाट निष्कासन गरेको अभियानका प्रचार विभाग प्रमुख निमकान्त पाण्डेले विज्ञप्तीि निकालेर जानकारी गराउनुभएको छ ।

अध्यक्षलाई निष्कासन गर्ने पाँच जनाले गरेका क्रियाकलाप आपत्तिजनक र अस्वीकार्य रहेको, उनीहरू सबैलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।  

हिजाे शनिवार नेकपा एकता राष्ट्रिय अभियानमा आबद्ध चार दलकाे बैठकले संयोजक वामदेव गौतममाथि पाँच बुँदे आराेप लगाउँदै निष्कासन गरेको थियाे । 

यस्ताे छ विज्ञप्ति–

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया