नेपाल राष्ट्रिय कर्मचारी संगठनको चौथो महाधिवेशन सम्पन्न
पुस १५, २०८१ सोमबार
रुसले पूर्वी युक्रेनको लिसिचान्स्क सहर कब्जा गरेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर रुसी फौजले लिसिचान्स्क सहर कब्जा गरेको बताएको बीबीसीले जनाएको छ ।
यसअघि बिहान रुसी रक्षा मन्त्रालयले लिसिचान्स्कलाई पूरै घेरेर सहरभित्र आक्रमण गरिरहेको बताएको थियो । यो सहरसँगै युक्रेनको लुहान्स्क क्षेत्र नै रुसको कब्जामा आएको रुसी रक्षा मन्त्री सर्गेई शोइगुले निकाल्नुभएको विज्ञप्तिमा उल्लेख छ । तर युक्रेनी रक्षा मन्त्रालयका प्रवक्ता युरी साकले रुसी दाबीकाे खण्डन गर्दै लिसिचान्स्क सहरको अवस्था अत्यन्तै जटिल भए पनि रुसको कब्जामा भने गइनसकेको बताउनुभएको बीबीसीले जनाएको छ । उहाँले तत्कालको क्षति कम गर्न आफूहरू केही पछि हट्न सक्ने भए पनि त्यसलाई चाँडै फिर्ता लिन सक्ने बताउनुभयो ।
यसैबीच रुसले सीमा क्षेत्रमा रहेको बेल्गोरोड सहरमा युक्रेनले मिसाइल आक्रमण गरेको आरोप लगाएको छ । रुसी सहर बेल्गोरोडमा विस्फोट हुँदा तीन जनाको ज्यान गएको छ भने ११ वटा अपार्टमेन्ट र ३९ वटा घरमा क्षति पुगेको छ । रुसी रक्षा मन्त्रालयका प्रवक्ता गोर कोनाशेन्कोभले रुसी सहरको आवासीय क्षेत्रमा युक्रेनले नियोजित रूपमा मिसाइल आक्रमण गरेको बताउनुभएको बीबीसीले जनाएको छ । बेल्गोरोड सहर युक्रेनी सीमाबाट ४० किलोमिटर टाढा पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।