कात्तिक अन्तिममा चुनाव गर्ने गरी सरकारलाई प्रस्ताव गर्ने आयोगको तयारी

 असार २०, २०७९ सोमबार ७:०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले कात्तिकको अन्तिममा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव गर्नेगरी सरकारलाई प्रस्ताव गर्ने तयारी गरेको छ । केही दिनमै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने आयोगले तयारी गरेको हो ।

चुनावको लागि कात्तिक ३० गतेको मिति उपयुक्त हुन सक्ने आयोग स्रोतले जनाएको छ । यसअघि दुई चरणमा चुनाव गर्ने निष्कर्षमा आयोग पुगे पनि एकै चरणमा चुनाव गर्ने टुङ्गोमा आयोग पुगेको छ । १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एकै दिन एकै चरणमा चुनाव गर्ने आयोगको तयारी छ ।

आयोगले अहिले देशभर मतदाता नामावली सङ्कलनको काम गरिरहेको छ । चुनावको मिति घोषणा नहुँदासम्म मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्न सकिने आयोगले जनाएको छ । आयोगका अनुसार ७७ जिल्लाका निर्वाचन कार्यालय, ७७ वटै जिल्ला प्रशासन कार्यालय र ७३ इलाका प्रशासन कार्यालयबाट मतदाता नामावलीमा नाम दर्ताको काम भइरहेको छ ।

यस्तै, आफ्नो स्थायी ठेगाना रहेको जिल्लाबाहिर बसोबास रहेकाले समेत बसोबास रहेकै जिल्लाको निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न सक्नेछन् ।

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया