मकै पाेल्ने दम्पती गरिब हुन् भन्नेमा दुई मत छैन तर सडकमा त्यसरी मकै पोलेर बस्न पाइँदैन : नगर प्रहरी

 असार २०, २०७९ सोमबार ७:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीले महाराजगञ्ज र बालुवाटार क्षेत्रका फुटपाथमा मकै बेच्ने चेतेन्द्र आचार्य र सीता आचार्य दम्पतीमाथि कारबाही गर्न नेपाल प्रहरीमा निवेदन दिएको छ ।

नगर प्रहरीले कारबाही गर्दा प्रतिवाद गरेका दम्पतीलाई थप कारबाही गर्न महानगरीय प्रहरी वृत्त महाराजगञ्जलाई पत्र लेखेको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटाले उज्यालोलाई जानकारी दिनुभयो । 

नगर प्रहरीमाथि हातपात र दुर्व्यवहार गरेकाले उनीहरुलाई कारबाहीका लागि पत्र पठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो– ‘मकै पोल्ने दम्पती गरिब हुन् भन्नेमा दुई मत छैन । तर त्यसो भन्दैमा तल्लो स्तरमा झरेर प्रहरीलाई अगुल्टोले हान्ने,  चिम्टाले पोल्ने र जथाभाबी मुख छाड्न छुट छैन ।’

मकै पाेल्ने दम्पतीलाई यसअघि पटक पटक सम्झाइ बुझाइ गरेको पनि उहाँको दाबी छ । ‘महिनौँदेखि सम्झाएको र नमानेपछि उनीहरुलाई मुख्य सडकमा नभइ कुनै कुनामा व्यापार गर्न भनेका थियौँ । तर, अटेर गरी यसअघि पनि प्रहरीमाथि यस्तै दुर्व्यवहार गर्ने गरेका थिए’, सापकोटाले भन्नुभयो, ‘यसरी  राष्ट्रपति र प्रधानमन्त्रीको मुख्य मुभमेन्ट हुने सडकमा बसेर व्यापार गर्न पाइन्न ।’ 

नगर प्रहरीले घुस मागेको आचार्य दम्पतीको आरोप छ । तर आफूहरुले घुस नमागेको नगर प्रहरीले दाबी गरेको छ । आचार्य दम्पतीले मकै बेच्दै गर्दा गएको शुक्रवार बालुवाटारमा नगर प्रहरीले लछारपछार गर्दै ठेला लगेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यो घटना बाहिरिएसँगै महानगरपालिकाको आलोचना भइरहेको छ । 

भिडियाे स्राेत : सृष्टि काफ्ले

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया