टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) को विषयमा आफूलाई आरोप नलगाउन चेतावनी दिनुभएको छ ।
आज साेमवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धन दलका नेताहरूले आफू प्रधानमन्त्री हुँदा नै सुटुक्क एसपीपीमा हस्ताक्षर गरेको भ्रम फैलाइरहेको भन्दै जथाभाबी नबोल्न चेतावनी दिनुभएको हो । ओलीले एसपीपीबारे कहिले के भयो भन्ने विषयमा पनि संसदमा तर्क पेस गरिरहनुभएको छ । यसअघि उहाँले सरकारले हरेक क्षेत्रमा अत्ति नै गर्न थालेको आरोप लगाउनुभयो ।
यसअघि आफ्नो सरकार हुँदा नेपाली कांग्रेसका नेता गगन थापाले अब त अत्ति भयो अर्थात् 'इनफ इज इनफ' भनेको कुरातर्फ सङ्केत गर्दै ओलीले भन्नुभयो, ‘इनफ भएपछि बोल्न यहाँ आएको हुँ, इनफ इज इनफ, अब चाहिँ अति नै भयो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।