इन्धन खपत कम गर्न निगमकाे सुझाव : कोटा छुट्याएर मात्रै तेल, जोर–बिजोर लागू गराैँ

 असार २०, २०७९ सोमबार १९:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सरकारलाई विभिन्न १० बुँदे प्रस्ताव पठाएको छ । निगमले तेलको खपत कम गर्नका लागि एक पटकमा मोटरसाइकललाई बढीमा पाँच लिटर र कार तथा जीपलाई २० लिटरसम्म तेल वितरण गर्ने गरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रस्ताव पठाएको हो ।

त्यस्तै सरकारी तथा निजी गाडी जोर–बिजोर प्रणालीमा सञ्चालन गर्न पनि निगमले प्रस्ताव गरेको छ । देशका प्रमुख सहरमा शनिवार गाडीरहित सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने निगमको प्रस्ताव छ । छोटो दुरीमा सकभर गाडीकाे प्रयोग नगरि पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने  गाडीलगायत अन्य उपकरणहरूको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजल तथा एलपी ग्यासको खपत नगरि बिजुलीकाे प्रयाेग गर्न आह्वान गर्ने  लगायतका प्रस्ताव निगमले गरेको छ ।  

इन्धनको खपत बढ्दा निगमको नोक्सानीसमेत चुलिने भएपछि निगमले यस्तो प्रस्ताव तयार गरिएको हो । तर यो  प्रस्तावलाई मन्त्रालयले स्वीकृत गरेमा मात्रै लागू हुनेछ ।

अझै पनि निगमले भारतीय आयल कर्पोरेशन (आईओसी) लाई २२ अर्ब रुपैयाँ ऋण चुक्ता गर्न बाँकी रहेको जनाएको छ ।

निगमले केही महिनाअघि पनि पेट्रोलियम पदार्थको खपत घटाउन सरकारलाई सुझाव दिएको थियो । त्यसमध्ये हप्ताको दुई दिन शनिवार र आइतवार सार्वजनिक बिदा दिने निर्णय पनि एक महिनाभन्दा लामो समयसम्म कार्यान्वयन हुन सकेको थिएन । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया