अब अस्ट्रेलिया जाने अन्तर्राष्ट्रिय यात्रुले काेराेना खाेप लगाएकाे पुष्टि गर्नु पर्दैन

 असार २०, २०७९ सोमबार २०:३८:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी, फाइल फाेटाे

अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुलाई कोभिड–१९ विरुद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान अन्त्य गरिएको घोषणा गरेको छ । 

अस्ट्रेलियाकाे गृह मामिला मन्त्री क्लार ओनेल र स्वास्थ्य मन्त्री मार्क बटलरले आइतवार याे जानकारी दिएका हुन् ।

आउँदाे बुधवारदेखि अस्ट्रेलिया आइपुगेका यात्रुले खोप लगाएको पुष्टि गर्न अब 'डिजिटल प्यासेन्जर डिक्लरेशन' (डीपीडी) पूरा गर्नुपर्ने छैन ।

यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलो पटक पेस गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई सङ्केत गरेको छ । 

ओनिलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘हामीमध्ये धेरै अन्तर्राष्ट्रियस्तरमा यात्रा गर्दैछौँ र हामी कोभिडबाट हुने हाम्रो जोखिमको प्रबन्धमा अझ विश्वस्त हुँदैछौँ । हाम्रा विमानस्थलहरू व्यस्त हुँदैछन् । यी आवश्यकताहरू हटाउँदा हाम्रो विमानस्थलको काम कारबाही छिटाे हुनुका साथै अझ धेरै आगन्तुक तथा दक्ष कामदारहरूलाई गन्तव्यको रूपमा अस्ट्रेलिया छान्न प्रोत्साहन मिल्नेछ ।’ 

यद्यपि अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ । 

अस्ट्रेलियामा कोभिड–१९ सङ्क्रमण सङ्ख्या बढ्दै जाँदा यो घोषणा भएको हो । सोमवार बिहान अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ को थप सङ्क्रमण भएको जनाएको थियो । विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यु साउथ वेल्समा २५ जनाको ज्यान गएकाे थियो । 

‘आउँदाे दुई महिनासम्म कोभिड सङ्क्रमितको सङ्ख्या बढ्ने कुरा स्पष्ट छ’, बटलरले भन्नुभयाे । यसले कोभिड सङ्क्रमितसहित तीन हजारभन्दा बढी बिरामी रहेका अस्पतालहरूमा दबाब दिइरहेको उहाँले आइतवारकाे पत्रकार सम्मेलनमा बताउनुभयो ।

अन्तिम अपडेट: पुस १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया