४६ अङ्कले घटेको शेयर बजार राताम्मे, कारोबार रकम पनि घट्याे

 असार २१, २०७९ मंगलबार १५:१३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दोस्रो दिन पनि शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज दिनभर तलमाथि हुँदै बन्द हुने बेलामा ४६ दशमलव शून्य ८ अङ्कले घटेर २ हजार ३० दशमलव ५९ विन्दुमा झरेको छ ।

सबै समूहको शेयर घटेर बजार राताम्मे देखिएको छ । हिजोभन्दा आज कारोबार रकममा कमी आएको छ । दुई सय २९ वटा कम्पनीका ८६ लाख १३ हजार कित्ता शेयर २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर ३० करोड २० लाख रुपैयाँमा कारोबार भएको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर साढे ६ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि सीवाईसी नेपाल लघुवित्त र ङादी ग्रुप पावरको शेयर १० प्रतिशत तथा आँधीखोला लघुवित्तको शेयर साढे नौ प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया