शेयर बजार १३ अङ्कले बढ्यो, २ अर्ब १७ करोड रुपैयाँको कारोबार

 असार २२, २०७९ बुधबार १५:१९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लगातार दुई दिनसम्म घटेको शेयर बजार आज बुधवार भने सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से १३ दशमलव ३३ अङ्कले बढेर २ हजार ४३ दशमलव ९२ विन्दुमा पुगेको छ । 

आज बैंक, निर्जीवन बीमा र म्युचल फन्ड बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । दुई सय २८ वटा कम्पनीका ६२ लाख ६३ हजार कित्ता शेयर दुई अर्ब १७ करोड ८६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्स र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर साढे ११ करोड रुपैयाँभन्दा धेरैका दरले कारोबार भयो । 

आज सीवाईसी नेपाल लघुवित्त र लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर १० प्रतिशतले बढेको छ । ङादी ग्रुप पावरको शेयर भने तीन प्रतिशतले घटेको छ ।

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया