नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले युगान्डा भ्रमण गर्ने, १८ ...
फागुन ६, २०८१ मंगलबार
बलिउडमा केही दिनअघि अभिनेत्री सोनाली बेन्द्रेले आफूलाई क्यान्सर भएको खबर सामाजिक सञ्जालमार्फत जानकारी दिएर सनसनी मच्चाएकी थिइन् । अहिले अभिनेता आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यपले इन्स्टाग्राममा एक पोष्ट गरेर सनसनी मच्चाएकी छिन् ।
आयुष्मानकी श्रीमतीले इन्स्टाग्राममा अाफूलाई लागेको रोगको बारेमा खुलासा गरेकी छिन् । उनले आफूलाई स्तन क्यान्सर भएको र अहिले ० अर्थात सुरुवाती चरण रहेको बताएकी छिन् ।
उनले यस रोगको बारेमा इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘यो तस्बिरले व्यक्तिहरुलाई हैरान बनाउन सक्छ । मेरो दाहिने स्तनमा उच्चस्तरको कोशिकामा हुने डीसीआईएस (डक्टल कार्सिनोमा सितु) देखिएको छ । बुझ्ने शब्दमा स्टेज ० को शुरुवाती चरणको क्यान्सर देखिएको छ । म एन्जेलिना जोलीकी आधा भारतीय संस्करण बनेकी छु । किनकी मेरो एउटा स्तनमा मात्रै क्यान्सर भएको छ ।’
उनले अगाडि लेखेकी छिन्, ‘म सबै उमेरका महिलाहरुलाई जागरुक हुन अनुरोध गर्छु । म ३५ वर्षकी भएँ । मैले २ मेमोग्राम गराइसकेकी छु । यदि तपाईँलाई कुनै किसिमको लक्षण देखिएको छ भने तुरुन्तै जाँच गराउनुहोला ।’
महिलाहरुले स्तनलाई धेरै माया गर्छन् । मेरो मस्टेकटोमी गरिएपछि म आफैले आफूलाई पहिलेभन्दा अझ धेरै माया गर्न थालेकी छु ।’
मस्टेकटोमी अर्थात यस अन्तर्गत स्तनलाई पूर्णरुपमा निकालिन्छ । ताहिराले यस कुरालाई रमाइलो ढंगले लेखेकी छिन्, साथमा उनले महिलाहरुलाई यस विषयमा सचेत हुन समेत बताएकी छिन् ।
अहिले ताहिरा अस्पतालबाट घर फर्किएकी छिन् । अभिनेता आयुष्मानले श्रीमतीको साहसको प्रशंशा गर्दै ट्वीटरमा लेखेका छन्,‘तपाईहरु सम्पूर्णलाई शुभकामनाका साथै सहयोगका लागि धन्यवाद ! बितेका ७ दिन निकै मुश्किल थिए । तर हामी दुबैले यसलाई चुनौतीको रुपमा लिने निर्णय गरेका थियौं । म मेरी योद्धा श्रीमती ताहिरामाथि गर्व गर्छु ।’
Thanks for your wishes & support. Last 7 days have been tough but we have decided to have a happy life state & fight this challenge. Im proud of my warrior princess @tahira_k. We look forward to kick some ass with my upcoming releases in Oct & her debut film as a director in Feb.
— Ayushmann Khurrana (@ayushmannk) September 22, 2018
आयुष्मान खुरानाकी श्रीमती ताहिरा कश्यप चर्चित लेखक हुन् । यि दुवैले प्रेम विवाह गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।