चुनावमा हुने सबै खालका विकृति अन्त्यका लागि युवाहरु अभियानमा लाग्नुपर्छ : सभामुख सापकाेटा

 असार २५, २०७९ शनिबार १३:५६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले चुनावमा हुने सबै खालका विकृति र विसंगतिको अन्त्यका लागि अभियाननै संचालन गर्न युवाहरुलाई आग्रह गर्नु भएको छ । 

हालै सम्पन्न पालिका तह चुनावमा पैसाको खोलो बगाउने जस्तो डरलाग्दो अवस्था आएको उल्लेख गर्दै सभामुख सापकोटाले त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी अभियाननै सञ्चालन गर्न युवाहरुलाई अनुरोध गर्नु भएको हो । शनिबार भक्तपुरको सानोठिमीमा आयोजित ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’को शुभारम्भ गर्दै उहाँले संघीय संसद र प्रदेशसभाको चुनावमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन पनि चुनावमा पैसाको खोलो बगाउनेजस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्न ढिलाई गर्न नहुने स्पष्ट पार्नु भयो ।

सभामुख सापकोटाले युवाहरुले चुनावमा हुने विकृति र विसंगतिविरुद्ध व्यापक अभियान छेड्ने हो भने धेरै पैसा खर्च नगरीकन पनि चुनाव जितिन्छ भन्ने दृष्टान्त काठमाण्डौ, धरानलगायतका ठाउँमा हालै सम्पन्न पालिका तह चुनावमा देखिएको पनि स्मरण गराउनु भयो । हालै सम्पन्न पालिका तह चुनावको परिणामले विद्यमान परिस्थितिप्रति जनता सन्तुष्ट छैनन् भन्ने देखाएको उल्लेख गर्दै उहाँले त्यसबाट पाठ सिकेर नेपालका राजनीतिक नेतृत्वहरुले अघि बढन जरुरी रहेको समेत बताउनु भयो ।

सभामुख सापकोटाले चुनावमा हुने विकृति र विसंगतिको अन्त्य गर्न ‘संघीय नमूना युवा संसद अभ्यास कार्यक्रम’ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास समेत व्यक्त गर्नु भयो । उहाँले शिर ठाडो पारेर बाँच्नका लागि पनि युवाहरुले विचारद्वारा निर्देशित हुने कुरामा विशेष ध्यान दिनुपर्नेमा जोड दिनु भयो ।

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • धीरोज राय

    July 9, 2022, 2:05 p.m.

    मलाई यो उज्यालो पत्रिका प्रकाशन मा धेरै विश्वनियता राखेको छु। अब केही समाचार आउँदा मेरो इमेल मा पठाई दिनु होला। किन् भने म शेयर गरी राखेको हुन्छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया