टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
ललितपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार निष्प्राण भइसकेकोले यसैलाई बोकेर हिडिँरहे समाजमा हैजा फैलाउने टिप्पणी गर्नुभएको छ ।
आज सोमवार सम्पादकहरूसँगको अन्तर्क्रियामा उहाँले भन्नुभयो, ‘यही सरकार बोकेर हिँड्नु हुँदैन । यो सरकार निष्प्राण भइसक्यो, अब जति रह्यो त्यति समाजमा हैजा फैलाउँछ ।’ निष्प्राण भैसकेको गठबन्धन बोकेर हिँडेर काम नहुने उहाँले टिप्पणी गर्नुभयो । ‘अब गठबन्धनको पनि सतीदेवीको जस्तो अङ्ग झर्दै जान्छ । अस्ति एउटा अङ्ग झर्यो । यसको अङ्ग झरेको ठाउँमा सतीदेवीको जस्तो कुनै पीठ बन्दैन । त्यसैले यो परमादेशी सरकारको कुनै अर्थ छैन’, ओलीले भन्नुभयो ।
ओलीले आफूहरूले चाहेको भए यो गठबन्धन उहिल्यै भत्किसक्ने दाबी पनि गर्नुभयो । एकछिन सत्तामा पुग्नकै लागि सबथोक गर्ने पक्षमा आफूहरू नभएको उहाँको भनाइ थियो । ओलीले गठबन्धनलाई विवाहको संज्ञा दिँदै हरेक विवाह डिभोर्समा टुङ्गिने टिप्पणी गर्नुभयो । आफूहरूले पनि गठबन्धन बनाएर, सरकार चलाएर हेरेको भन्दै ओलीले भन्नुभयो, ‘साँचो डिभोर्स गर्न नक्कली बिहे गर्न हतार गर्दैनौँ ।’
ओलीले सरकारको गतिविधि हेर्दा नेपालको आर्थिक स्थिति पनि श्रीलङ्काको जस्तो सङ्कटग्रस्त हुन सक्ने दाबी पनि गर्नुभयो । बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता देखिएको र हतियार खरिदमा बजेट विनियोजन भएको जस्ता विषयले नेपाललाई श्रीलङ्काकै स्थितिमा पुर्याउन सक्ने टिप्पणी गर्नुभयो । अहिलेको अधोगतिमा 'ब्रेक' लगाइएन भने अवस्था त्योभन्दा उधो खस्न सक्ने ओलीको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।