टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एकलौटी र स्वेच्छाचारी प्रवृत्ति देखाएको आरोप लगाउनुभएको छ । अध्यक्ष भट्टराईले पार्टीमा ठूलो बन्नका यादवले लागि एकलौटी र स्वेच्छाचारी ढङ्गबाट पार्टीका गतिविधिहरू गरेको आरोप लगाउनुभएको हो ।
आज मङ्गलवार काठमाण्डाैमा आयोजित केन्द्रीय कार्यसमितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्ख्यात्मक रूपमा पनि आफ्नो पक्षमा नै बहुमत रहको दाबीसमेत गर्नुभयो । अध्यक्ष भट्टराईले अर्का अध्यक्ष यादव पक्षले बैठक अवैध भनेकोप्रति लक्षित गर्दै यादव पक्षले इतिहासलाई भुलेर गरेको कुराको कुनै सत्यता नरहेको जिकिर गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीमा सङ्ख्याको बहुमत हामीसँग छ । सङ्घीयता, सुशासन, समाजवाद र समृद्धिको मूल आधार तत्त्वलाई बचाएर पार्टीलाई जोगाएर ल्याउने श्रेय पनि हामीलाई छ । हामी यहाँ छाैँ । त्यसैले यो बैठकलाई अवैध भन्छन् भने तिनले जस्तो इतिहासलाई बङ्ग्याउने काम, झुट बोल्ने काम कसैले पनि गरेको छैन । पार्टीमाथि ठूलो सङ्कटको बादल मडारिएको छ । त्यसैको समाधान गर्न विस्तारित बैठक बोलाएका छौँ । कुनै पनि बाआमाले आफ्नो सन्तानलाई मार्दैन । त्यसैले यो पार्टी हामीले जन्माएको हो, फुटबाट जोगाएको हो र अहिले पनि पार्टीलाई रूपान्तरण गर्ने हाम्रो मनसाय हो । म मेरा मित्र उपेन्द्र यादवजीलाई अहिले पनि नतर्सिन, नडराउन, हिम्मतका साथ सामना गर्न, वैधानिक ढङ्गले बैठक राख्न चुनौती दिन्छु ।’
अध्यक्ष भट्टराईले तत्कालीन कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर अलिग्गएपछि खाली रहेको पदमा समेत जनजातिलाई राख्ने आफ्नो प्रस्तावलाई अध्यक्ष यादवले नमानेको बताउनुभयो । उहाँले पार्टी दर्ता गराउँदा देखेको आफ्नो सपनामा कुठाराघात भइरहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।