गठबन्धन सरकारकाे एक वर्ष पूरै असफल, राज्य सञ्चालनकाे खिल्ली उडाउने गरी बित्याे : गाेकर्ण विष्ट

 असार २९, २०७९ बुधबार १०:६:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा एमालेका नेता गाेकर्ण विष्टले देउवा नेतृत्वकाे गठबन्धन सरकार एक वर्ष पूरै असफल रहेकाे टिप्पणी गर्नुभएकाे छ । 

आज बुधवार सामाजिक सञ्जालमार्फत नेता विष्टले गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, व्याप्त भ्रष्टाचारकाबीच सरकार सञ्चालनका न्यूनतम विधि, मूल्य र मान्यतामाथि खिल्ली उडाउने गरी बितेकाे बताउनुभएकाे हाे ।

 सम्बन्धित समाचार

 

याे एक वर्षमा देश र नागरिककाे जीवन थप कष्टकर बनेकाे र सरकारले नागरिकलाई सेवा पुर्‍याउनुको साटो थप आहत पुर्‍याउने काम गरेकाे उहाँले बताउनुभएकाे छ । यो सरकार नागरिकका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र नभइ गैरजिम्मेवार बनेकाे नेता विष्टकाे टिप्पणी छ । 

‘गठबन्धन सरकारका एक वर्ष चर्को मूल्यवृद्धि, बढ्दो व्यापार घाटा, बैंकिङ्ग तरलताको अभाव, कहालीलाग्दो विकासको अवस्था, बढ्दो बेरोजगारी अनि व्याप्त भ्रष्टाचारकाबीच  राज्य संचालनका न्युनतम विधि, मूल्य र मान्यता माथि खिल्ली उडाउनेगरी बिते । राष्ट्रिय स्वाधीनता र आत्मसम्मान कमजोर बन्यो ।  राष्ट्र र जनताको जीवन थप कष्टकर बन्यो । सरकारले नागरिकलाई सेवा पुर्‍याउनुको साटो थप आहत पुर्‍याउने काम गर्यो । न किसानले समयमा मल पाए न विद्यार्थीले पढ्ने पुस्तक । यो सरकार जनताका आधारभूत समस्या समाधानमा निष्प्रभावी मात्र हैन गैरजिम्मेदार बन्यो । समग्रमा सरकारको एक वर्ष पूर्णतः असफल रह्यो ।’ 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया