स्मार्ट च्वाइस टेक्नोलोजिज र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

 असार ३०, २०७९ बिहीबार १८:२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – स्मार्ट च्वाइस टेक्नोलोजिज (एससीटी) लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्यूआर मार्फत भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ ।

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो । यस सहकार्यबाट देशकाे डिजिटल इकाेसिस्टमकाे विकासमा थप याेगदान पुग्ने आशा लिइएकाे छ । 

यस सम्झौतापछि स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच स्मार्ट क्यूआर प्रयोगको क्षेत्रमा सहकार्य हुनेछ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया