टाइगर कप भलिबल : पुलिस र आर्मी विजयी
माघ १३, २०८१ आइतबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले पार्टीमा सबैलाई समेटेर जान नसकेको आरोप लगाउनुभएको छ ।
आज बिहीवार केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता केसीले यस्तो बताउनुभएको हो । उहाँले नीति निर्णयको प्रक्रियामा न्यायाेचित साझेदारी गरेर अघि बढ्न सभापतिलाई आग्रह गरेको बताउनुभयो । उहाँले आफू (देउवा) सँग महाधिवेशमा पराजित डा. शेखर कोइरालालाई पनि सम्मान गरेर पार्टी कार्यालयमा नै कोठा दिनुपर्ने बताउनुभयो । पदाधिकारीहरू बोलाएर गुटको भेला गरेको प्रश्नमा उहाँले पार्टी केन्द्रीय कार्यालयमा कोठा नदिएपछि बाहिर होटलमा जान बाध्य भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘पार्टीभित्रको आन्तरिक व्यवस्थापन हो पहिलो कुरा । सकेसम्म विधिसम्मत, प्रक्रियागत र सबैलाई समेटेर बृहत् एकता अहिलेको ठूलो आवश्यकता हो । हामीलाई पनि बैठक बस्ने ठाउँ दिनुपर्छ । शेखरजीलाई पनि पार्टी कार्यालयमा बस्ने व्यवस्था दिऔँ । सबैलाई सम्मान गरौँ । सबैलाई समेट्ने काम गर्नुहोस् गुटको भेला हुँदैन । अल्पमतलाई पनि समेटेर जानुपर्छ । सहमति, एकता, मेलमिलाप गर्ने भनेको आत्मसमर्पण गर्ने होइन, नीति निर्णयको प्रक्रियामा न्यायेचित साझेदारी आवश्यक छ ।’
नेता केसीले अहिले पार्टीमात्र नभइ लोकतन्त्र र राष्ट्रियता नै गम्भीर चुनौतीको स्थितितिर गएको दाबी गर्नुभयाे । उहाँले देश एकपछि अर्को चक्रव्यूहभित्र फसिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय द्वन्द्वको केन्द्रको रूपमा नेपाल फसेको बताउनुभयो ।
नेता केसीले नेकपा एमालेका अध्यक्ष एवम् तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अधिनायकताका विरुद्ध उत्रिएको कांग्रेसले अहिले फेरि त्यही काम दोहोर्याएकाे बताउनुभयो । उहाँले देश आर्थिक सङ्कटोन्मुख रहेका बेलामा ८४ करोड रुपैयाँको हतियार खरिद किन गर्नुपर्याे भन्दै प्रश्न पनि गर्नुभयो । उहाँले देशमा अहिले भ्रष्टाचारको महामारी रहेको दाबी गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।