रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – एनसेल आजियाटा लिमिटेडले काठमाण्डाैकाे महाराजगञ्जमा महिला कर्मचारीकाे व्यवस्थापनमा एनसेल सेन्टर सञ्चालनमा ल्याएको छ ।
महिला कर्मचारीद्वारा सञ्चालन गरिएको यस एनसेल सेन्टरले समानताको हिसाबले समाजमा महत्त्वपूर्ण भूमिका खेल्न सहयाेग गर्ने कम्पनीले विश्वास लिएकाे छ । यो पहल तथा अवधारणा कम्पनीले महिला सशक्तिकरण, लैङ्गिक समानता र समुदाय विकासका लागि गरेको योगदानको एक प्रमाण भएकाे एनसेलले जनाएकाे छ ।
महिला कर्मचारीबाट सञ्चालित एनसेल सेन्टरबारे आफ्नो उत्साह साट्दै एनसेलका मानव संशाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले भन्नुभयाे, काठमाण्डाैकाे महाराजगञ्जमा पूर्णरूपमा महिला कर्मचारीद्वारा व्यवस्थापन गरिएको एनसेल सेन्टर सञ्चालनमा ल्याउन पाउँदा हामी हर्षित छौँ । यो कदमले एनसेलको विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महत्त्व राख्दछ । कार्यस्थलमा विविधताको समर्थनजस्ता रणनीति र अभ्यासहरूले कम्पनीलाई प्रतिस्पर्धात्मक लाभ हासिल गर्नमा सहयोग प्रदान गर्दछ ।
त्यसैगरी एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले भन्नुभयाे, यसअघि टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरैजसो पुरुषको सहभागिता रहने गर्दथ्यो । विगत तीन/चार वर्षमा यस क्षेत्रमा लैङ्गिक समानताका लागि निरन्तर प्रयासहरू भएका छन् । दूरसञ्चार क्षेत्रमा सेवा दिने परिप्रेक्षमा हेर्ने हो भने ग्राहक सेवा र अनुभवका हिसाबले राम्रै विकास भएको छ । लैङ्गिक समानताले मात्र व्यवसाय थप सुदृढ हुन सम्भव छ ।
महिला कर्मचारीद्वारा सञ्चालित यस सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङकाे जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत लिन सक्छन् । यसैगरी ग्राहकले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुरु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्ने लगायतका अन्य सेव प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
यो एनसेल सेन्टर सञ्चालनमा ल्याइएको अवसरमा यस सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विशेष अफर पनि रहेको छ जसअन्तर्गत यस सेन्टरबाट आफ्नो ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्नेछन् । यस सेन्टरबाट गरिने प्रत्येक ५० रुपैयाँको रिचार्ज बराबर ग्राहकले २० रुपैयाँको रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त गर्दछन् । यस्तै १०० रुपैयाँकाे रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको दुई वटा रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त गर्दछन् । २०० रुपैयाँकाे रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको चार वटा रिचार्ज कार्ड बोनस स्वरूप पाउँछन् भने ५०० रुपैयाँकाे रिचार्ज गर्ने ग्राहकले २० रुपैयाँको १० वटा रिचार्ज कार्ड बोनस स्वरूप प्राप्त गर्दछन् ।
यस सेन्टरले आइतवारदेखि शनिवार हप्ताको सातै दिन बिहान साढे ९ बजेदेखि बेलुकी ६ बजेसम्म सेवा प्रदान गर्दछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।