११ वटा विमानस्थल मापदण्डभन्दा नजिकको दूरीमा, लगानी खेर जाने डर

 असार ३१, २०७९ शुक्रबार ८:३६:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : गुल्मीकाे रेसुङ्गा विमानस्थल

काठमाण्डाै - नेपालका धेरै आन्तरिक विमानस्थल भएको लगानी खेर जाने देखिएको छ । महालेखा परीक्षकको कार्यालयको ५९औँ प्रतिवेदनले पर्याप्त अध्ययन नगरि र मापदण्ड अनुसारको दूरी कायम नगरि निर्माण गरिएकाले विमानस्थलमा गरिएको लगानी खेर जाने देखिएको हो ।

हिमाली र पहाडी क्षेत्रमा साधारणतया २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइलको दूरीमा विमानस्थल बनाउनुपर्नेमा दूरीको ख्यालै नगरि नजिक–नजिक विमानस्थल निर्माण भएको महालेखाले जनाएको छ ।

डोल्पाको मसिनेचौर र जुफाल, अर्घाखाँची र गुल्मीको रेसुङ्गा, ओखलढुङ्गाको खिजी चण्डेश्वरी र रामेछाप, फाप्लु कागेलडाँडा र रुम्जाटार तथा कालकोट र साँफेबगर लगायतका ११ वटा विमानस्थल ५  दशमलव ८२ देखि १९ दशमलव ३५ नटिकल माइलको दूरीमा रहेका छन् । यसरी नजिकैनजिकै विमानस्थल बनाउँदा उडानमा समस्या हुनुको साथै लगानी खेर जान सक्ने प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, सुगम क्षेत्रमा मात्रै उडान सञ्चालन गर्ने वायुसेवाले दुर्गम पहाडी क्षेत्रमा उडान सञ्चालन गर्ने वायुसेवालाई नागरिक उड्डयन प्राधिकरणले तोके अनुसारको योगदान गर्नुपर्ने नीतिको कार्यान्वयन नभएको र सेवा सञ्चालन गरेको ५ वर्षभित्रमा वायुयान चालक, इञ्जिनियर जस्ता जनशक्ति पूर्णरुपमा नेपाली नागरिकबाट तयार हुनुपर्नेमा त्यसो नभएको पनि उल्लेख छ । देशमा ५३ वटा विमानस्थल रहेकोमा ३२ वटा मात्रै सञ्चालनमा रहेका छन् । २१ वटा सञ्चालनमा छैनन् ।

५३ वटामध्ये २३ वटा विमानस्थलमा मात्रै बाह्रैमास उडान गर्न सकिने र बाँकी ३० वटा विमानस्थलमा बाह्रैमास उडान गर्न नसकिने भएकाले पनि लगानी खेर जाने अवस्था आएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया