सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डौ - काठमाण्डौ महानगरपालिकाले भोलि साउन एक गतेदेखि लागू हुने गरी कुहिने र नकुहिने फोहर सङ्कलनका लागि तालिका सार्वजनिक गरेको छ ।
महानगरले सूचना निकालेर कुहिने फोहर सङ्कलन गर्ने दिन आइतवार र बुधवार तय गरेको छ भने नकुहिने फोहरका लागि सोमवार र शुक्रवारलाई तोकेको छ । तोकिएअनुसार नागरिकले फोहर व्यवस्थापनका लागि सहजीकरण गर्नुपर्नेछ । महानगरले एक महिनाअघि नै सूचना निकालेर फोहर वर्गीकरण गर्न अनुरोध गरेको थियो ।
फोहरको वर्गीकरण नगरिएमा प्रतिव्यक्ति पाँच सय रुपैयाँ जरिबानासमेत हुने सूचनामा उल्लेख छ । काठमाण्डौ महानगरको वातावरण विभाग प्रमुख सरीता राईका अनुसार यसरी छुट्याइएको फोहर व्यवस्थापन गर्न सहज हुने र छुट्याइएको फोहर लिने गाडी पनि फरक फरक दिन आउने भएकाले नागरिकले त्यसैअनुसार व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
नागरिकले सूचनालाई बेवास्ता गरेमा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ को दफा ५१ (थ) तथा फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ (थ) अनुसार कसुर मानी सजाय गर्ने तयारी छ । पछिल्लो समय महानगरसहित काठमाण्डौ उपत्यकाका १८ वटा पालिकाको फोहर व्यवस्थापनको काम जटिल बन्दै आएको छ ।
नुवाकोटको सिसडोल भरिनुका साथै त्यहाँसम्म जाने सडकमा स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दा पटक पटक समस्या आएपछि फोहर व्यवस्थापनमा सहजताका लागि महानगरले भोलिदेखि नयाँ अभ्यास सुरु गर्न लागेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।