उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्ग...
मंसिर १३, २०८१ बिहिबार
काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज नामिबियासँग खेल्दैछ ।
स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको तेस्रो खेलमा आज नामिबियासँग खेल्न लागेको हो ।
खेल दिउँसो पौने चार बजे सुरु हुनेछ । यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो ।
नेपाल र नामिबियाले एक दिवसीयसहित ६ पटक खेलेका छन् । जसमा नेपालले चार पटक जितेको छ भने दुई खेलमा हारेको छ । नेपालले पहिलो पटक सन् २००१ मा आईसीसी ट्रफी प्रतियोगितामा नामिबियासँग खेलेको थियो । क्यानडामा भएको खेलमा नेपाल ८ विकेटले हारेको थियो ।
त्यस्तै सन् २०१५ आईसीसी लिग डिभिजन–२ मा दुई टोलीबीच भएको खेलमा नेपाल ३ विकेटले विजयी भएको थियो । त्यस्तै, विश्व क्रिकेट च्याम्पियनसिप अन्तर्गत सन् २०१७ मा भएका दुई खेलमा पनि नेपालले नामिबियालाई हराएको थियो । त्यसपछि सन् २०१८ मा भएको खेलमा नेपालले नामिबियामाथि १ रनको रोमाञ्चक जित निकालेको थियो ।
लिग–२ मा ३६ खेलमध्ये अहिलेसम्म १८ खेल खेलेको नेपाल १७ अङ्ककासाथ तालिकाको पाँचौँ स्थानमा छ । नामिबिया १७ खेलमा १६ अङ्ककासाथ छैटाैँ स्थानमा छ । नेपालले भोलि स्कटल्यान्डसँग खेल्नेछ । समान ३६ खेल खेलेपछि लिग–२ को शीर्ष ३ मा पर्ने टोलीले सन् २०२३ को जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोटमा स्थान बनाउनेछ ।
शीर्ष ३ सँगै लिग–२ को चौथो र पाँचौँ स्थानमा रहने टोलीले अर्को चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।