नेपाल–भारत सचिवस्तरीय संयुक्त बैठक आज : प्रसारणलाइनको मोडालि...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै - सरकारले विभिन्न १० वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित निरन्तरता दिएको छ ।
शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि वैशाख १३ मा गरेको १० वस्तुको आयातमा प्रतिबन्धकाे निर्णयलाई भदौ १४ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो।
देशमा विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सरकारले यसअघि असार मसान्तसम्मका लागि निश्चित वस्तुको आयातमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
सरकारले व्यक्तिगत प्रायोजनमा आउने गाडी, २ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल, मोबाइल तथा टीभीलगायतको आयातमा प्रतिबन्ध लगाएको थियो ।
परिमार्जन गरिएको निर्णयअनुसार आजदेखि १ सय ५० सीसीभन्दा माथिका मोटरसाइकल आयात गर्न पाइनेछैन । यसअघि ६ सय डलरभन्दा माथिका स्मार्टफोन आयातमा प्रतिबन्ध लगाइएको थियो । अब भने ३ सय डलरभन्दा बढी मूल्यका स्मार्टफोन आयात गर्न नपाइने भएको छ ।
त्यस्तै मदिरा, सुर्तीजन्य वस्तुमा पनि कच्चा पदार्थबाहेक रोक लागेको छ । यस्तै ३२ इन्चभन्दा माथिका टेलिभिजन सेट, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका खेलौना, तासको आयातमा रोक लागेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।