इजाजत खारेज गर्दै अल करिम ओभरसिज : लेनदेन भए सम्पर्क गर्न विभागको आग्रह

 साउन १, २०७९ आइतबार १२:१०:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा श्रमिक पठाउन इजाजतपत्र प्राप्त अल करिम ओभरसिज कन्सल्टेन्सीले आफ्नो इजाजत खारेजीको लागि माग गरेको छ । इजाजत पत्र खारेजी गरी धरौटी रकम फिर्ता र बैंक ग्यारेण्टी फुकुवाको लागि कन्सल्टेन्सीले वैदेशिक रोजगार विभागसँग माग गरेको हो ।

कन्सल्टेन्सी खारेज हुँदा कसैको हक स्वामित्व तथा लेनदेनमा असर पर्ने भए सवुत प्रमाणसहित विभागमा सम्पर्क गर्न वैदेशिक रोजगार विभागले आग्रह गरेको छ । विभागले गएको असार २९ गते सूचना प्रकाशन गरेको छ । सूचना प्रकाशन भएको ३५ दिनभित्र विभागमा सम्पर्क गर्न सकिन्छ ।

मागबमोजिम इजाजतपत्र खारेज भइ धरौटी रकम फिर्ता र बैंक ग्यारेण्टी फुकुवा भइसकेपछि सम्बन्धित कन्सल्टेन्सीसँगको लेनदेनमा आफू जिम्मेवार नरहने पनि विभागले जनाएको छ ।
 

अन्तिम अपडेट: पुस ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया