हाम्राे छलफल कांग्रेससँगकाे गठबन्धनविरुद्ध हाेइन : प्रचण्ड

 साउन ३, २०७९ मंगलबार १९:२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपाका सचिवालयमा रहेका नेताहरूका बीचमा पार्टी एकताको विषयमा छलफल भएको बताउनुभएको छ ।

भेटवार्ताको क्रममा विचार मिल्नेहरूका बीचमा एकताको बारेमा छलफल गरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताउनुभयो । उहाँले पार्टी एकताको बारेमा चर्चा गरिएको उल्लेख गर्दै त्याे एकता सत्तारूढ गठबन्धनको विरुद्धमा भने नभएको स्पष्ट पार्नुभयो । 

उहाँले भन्नुभयो, ‘आजको बैठकमा सबै पार्टीहरूले गरेका निर्णयकाे बारेमा चर्चा भयाे । कांग्रेसकाे केन्द्रीय समिति बैठकले गठबन्धन गरेर जाने, तालमेल गरेर जाने भन्ने निर्णय गरेकाे छ । एमालेकाे निर्णय पनि आइराखेकाे छ । त्यसबारेमा पनि चर्चा गर्‍याैँ । यो गठबन्धनलाई चाहिँ कायम राखेरै जानुपर्छ भन्नेमा हामी कसैको पनि विमति छैन ।’

अध्यक्ष प्रचण्डले गठबन्धनलाई कायम राखेर जानमा कसैको पनि आपत्ति नभएको बताउनुभयो । उहाँले गठबन्धनलाई प्रभावकारी बनाउने विषयमा पनि चर्चा भएको उल्लेख गर्नुभयो ।

आज मङ्गलवार सिंहदरबारमा रहेकाे माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा तत्कालीन नेकपाका सचिवालय सदस्यहरू प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको हो । 

अन्तिम अपडेट: माघ १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया