सुप्रिम सहकारी प्रकरणमा पूर्व डीआईजी जोशी पुर्पक्षका लागि कारा...
माघ २९, २०८१ मंगलबार
काठमाण्डाै – सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाकाे ठगी प्रकरणमा संस्थाका पूर्वअध्यक्ष इच्छाराज तामाङकी श्रीमती सिर्जना शाक्य (तामाङ) पक्राउ परेकी छन् ।
ठगीसम्बन्धी कसुर तथा सङ्गठित अपराधमा फरार रहेकी शाक्यलाई नेपाली प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबीले) आज मङ्गलवार पक्राउ गरेकाे हाे । उनलाई काठमाण्डाैकाे रामशाहपथबाट पक्राउ गरिएकाे ब्युराेका प्रहरी उपरीक्षक (एसपी) श्यामकुमार महताेले जानकारी दिनुभयाे ।
साेल्टीमाेडमा रहेकाे सहकारीले आकर्षक ब्याज दर एवम् विभिन्न प्रलोभन देखाइ ठूलो सङ्ख्यामा बचतकर्ताकाे रकम ठगी गरेका थिए । सहकारीले पाँच अर्ब ८४ कराेड ४० लाख २१ हजार सात सय १३ रुपैयाँ ठगी गरेकाे भन्दै १५ सय ३० जना पीडितले आफूहरूले तीन वर्षदेखि बचत गर्दै आएकाे रकम ठगी गरेकाे भन्दै इच्छाराज तामाङसहित १२ जनाविरुद्ध सीआईबीमा जाहेरी दिएका थिए ।
जाहेरी दर्खास्तकाे आधारमा अनुसन्धान सकिएपछि पूर्वअध्यक्ष इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरी गएकाे मङ्सिर १७ गते काठमाण्डाै जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । त्यस मुद्दामा इच्छाराज तामाङ र केशवलाल श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।