हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले अहिले प्रयोगमा नआएका नयाँ हिमालहरूमा आरोहण खुला गर्ने बताउनुभएको छ ।
आज आइतवार नेपाल पर्वतारोहण सङ्घको ३२ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले सरकारले पाँच हजार आठ सय मिटरदेखि आठ हजार मिटरसम्मका नयाँ हिमालहरूमा पर्वतारोहणका लागि अनुमति दिने तयारी गरेको बताउनुभएको हो । उहाँले कुन–कुन हिमालमा आरोहण गर्न सकिन्छ र कुन–कुन हिमालमा आरोहण खुला गर्दा पर्यटन आगमन बढेर त्यो क्षेत्रको जनजीवनलाई लाभान्वित बनाउन सकिन्छ भन्ने कुराको समीक्षा गरेर हिमाल आरोहणको अनुमति दिने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले पर्यटन क्षेत्रको विकासका लागि नयाँ हिमालहरूमा आरोहण गर्ने अनुमति दिनुपर्छ भन्ने सोच राखेकाे छ । अहिले प्रयोगमा नआएका नयाँ हिमालहरूमा पनि आरोहणका लागि अनुमति प्रदान गर्ने भन्ने मन्त्रालयले योजना अगाडि सारेको छ । नेपाललाई विश्वको पर्यटकको गन्तव्यस्थलको रूपमा विकास गर्न सक्छौँ । पर्वतलाई आधार बनाएर खेलहरूको विकास गर्न सक्छौँ ।
मन्त्री श्रेष्ठले पर्वतारोहणसम्बन्धी अन्योलमा रहेका ऐन, कानुन र नियमहरू तत्काल निराकरण गर्न सरकार तयार रहेको बताउनुभयो । उहाँले सरकारले विगतमा एक वर्षका लागि भ्रमण वर्ष तोकेर काम गर्ने प्रचलन अन्त्य गरी अब सन् २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक घोषणा गरेर पर्यटन क्षेत्रलाई व्यवस्थित बनाउने बताउनुभयो ।
मन्त्री श्रेष्ठले नेपालमा पर्यटक प्राकृतिक मनोरम दृश्यहरू अवलोकनका लागि बढी आकर्षित भएर आउने गरेको बताउनुभयो । उहाँले नेपालको पर्यटन क्षेत्रको विकास गर्न पर्यटकलाई आकर्षित गर्न सक्ने भनेको प्रकृति, साहसिक खेल र संस्कृति नै रहेको जिकिर गर्नुभयो । सरकार निजी क्षेत्रको सहकार्यबाट नै नेपालको पर्यटन क्षेत्रको विकास गर्न सकिन्छ भन्ने मान्यताका साथ अगाडि बढेको उहाँकाे भनाइ छ ।
कार्यक्रममा बोल्दै सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्यटनसँग सम्बन्धित सेवा सुविधा एकद्वार प्रणालीमार्फत लिने नीति लिनुपर्ने बताउनुभयो । उहाँले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूमा छुटै पर्वतारोही कक्ष व्यवस्थापन गर्न माग गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।