रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल दूरसञ्चार कम्पनी एनटीसीको नाफा बढेर झन्डै साढे आठ अर्ब रुपैयाँ पुगेको छ । टेलिकमले आज साेमवार सार्वजनिक गरेको विवरणअनुसार गएको आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीले आठ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा एक अर्ब २५ करोड ६ लाख रुपैयाँले धेरै हो ।
यस्तै टेलिकमको सञ्चालन आय पनि झन्डै ३८ अर्ब रुपैयाँ पुगेको छ । गएको आर्थिक वर्षमा टेलिकमले ३७ अर्ब ८८ करोड ९९ लाख रुपैयाँ सञ्चालन आय गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ९५ कराेड ४२ लाख रुपैयाँले धेरै हो । टेलिकमको कुल सञ्चालन आय भने ४४ अर्ब ३२ करोड १३ लाख रुपैयाँ पुगेको छ ।
गएको आर्थिक वर्षमा मोबाइल डाटा प्रयोगमा वृद्धि भएका कारण जीएसएम डेटातर्फ ५० करोड वृद्धि भएको, फोर–जीको व्यापक विस्तारका कारण भ्वाइस सेवा प्रयोग बढ्दा दुई अर्ब ५५ करोड रुपैयाँ आम्दानी बढेको लगायतका कारणले आय र नाफा बढेको टेलिकमले जनाएको छ । तर अर्को कम्पनीको नेटवर्कमा फोन गर्दा लाग्ने शुल्क घट्नु, ओटीटी सेवाको बढ्दो प्रयोगका कारण आयमा ७० करोडले कमी आएको, वायरलेस सेवाको प्रयोग घटेका कारण राजस्वमा ७० करोडले कमी आएको र सीडीएमए सेवा हटाउँदा १२ करोड रुपैयाँले कमी आएको टेलिकमले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।