रामेछाप–काठमाण्डौ उडान बन्द, बिरामीहरु समस्यामा
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – हिजाे मङ्गलवार झन्डै २५ अङ्कले घटेको शेयर बजार आज बुधवार पनि सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ३६ अङ्कले घटेर २ हजार ४० दशमलव ७० विन्दुमा झरेको छ ।
आज बैंक, व्यापार, होटल, अन्य, जीवन बीमा र लगानी समूहको शेयर सामान्य घटेको छ । विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र म्युचल फन्ड समूहको शेयर भने सामान्य बढेको छ ।
आज दुई सय २० वटा कम्पनीकाे ३४ लाख ९७ हजार कित्ता शेयर एक अर्ब ४० करोड ५९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै रिडी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज साम्लिङ पावर कम्पनी र मनकामना स्मार्ट लघुवित्तको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज अपर सोलु हाइड्रो, अपर हेवाखोला हाइड्रो, मन्दाकिनी हाइड्रो, श्वेतगंगा हाइड्रो र सपोर्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।