हमासद्वारा गाजाबाट थप तीन जना इजरायली बन्धक मुक्त
माघ २६, २०८१ शनिबार
काठमाण्डौ – उत्तर कोरियाली नागरिकलाई नेपालमा प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मेनले अनुरोध गर्नुभएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरसँग आज बिहीबार श्रम मन्त्रालयमा भएको भेटमा उत्तर कोरियाका राजदूत योङ मेनले नेपालमा लगानी गर्न आउने कोरियाली नागरिकलाई प्रवेशाज्ञा प्रक्रिया सहज बनाइदिन आग्रह गर्नुभएको श्रम मन्त्रालयले जनाएको छ ।
राजदूत योङ मेन श्रम मन्त्री कुँवरसँग भेटवार्ताका लागि बिहीबार श्रम मन्त्रालय जानुभएको थियो ।
भेटमा विशेष गरी दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धका विषयमा छलफल भएको श्रम मन्त्रालयले जनाएको छ । नेपाल र उत्तर कोरियाबीचको सम्बन्ध, आपसी सहकार्य र सहयोगलाई निरन्तरता दिने विषयमा पनि राजदूत योङ मेन र श्रम मन्त्रीबीच कुराकानी भएको छ ।
भेटमा मन्त्री कुँवरले उत्तर कोरियाले नेपाललाई पटक पटक गरेको सहयोगको लागि धन्यवाद दिनु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।