वायु सेवा निगममा देखिएका समस्या र सुधारका उपाय अध्ययन गर्न उ...
पुस २५, २०८१ बिहिबार
महोत्तरी - प्रहरीले मिटरब्याजी अनिरुद्ध साहलाई घरबाटै नियन्त्रणमा लिएको छ । गएराति भङ्गाह नगरपालिका-५ सिद्धपुर घर भएका साहलाई प्रहरीको टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार चर्को ब्याजदरमा ऋण लगानी तथा ठगी जालसाजी गरेको आरोपमा साहलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेको साह माथि ठगि मुद्दा चलाउने तयारी भइरहेको महोत्तरीका एसपी कृष्णप्रसाद पङ्गेनीले बताउनु भयाे ।
लामोसमयदेखि यस्ता कार्यमा संलग्न साहले भङ्गाह नगरपालिका लगायत महोत्तरी, धनुषा, सर्लाहीदेखि झापासम्मका व्यक्तिलाई ऋण लगानी गर्ने गरेकाे पाइएकाे प्रहरीले जनाएकाे छ ।
साहले गरिब तथा विपन्न परिवारलाई परेको अप्ठ्यारोको मौका छोपेर चर्को ब्याजमा अर्थात १२ गुणासम्मको तमसुक बनाउने, साँवाको ब्याजको स्याजसमेत असुल गर्ने र कानुनी प्रक्रियाबाट सम्पत्ति हडप्ने कार्यमा लामो समयदेखि संलग्न रहेको प्रहरीले जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
महताे उज्यालाेका महाेत्तरी सहकर्मी हुनुहुन्छ ।